बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो (अपडेट)

बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो (अपडेट)
समाचार

चार दिन देखिको वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६० जनाले ज्यान गुमाएका छन्। आइतबार प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढ्री र पहिरोमा परेर २४ महिला र ३६ पुरूषको मृत्यु भएको हो।

बाढीपहिरोमा परी ३८ जना घाइते छन् भने २६ जना बेपत्ता छन्। बाढी र पहिरोबाट एक हजार चार सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ। बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो ।

Post Comment