धनगढीमा शक्तिशाली बम विष्फोटमा, पाँचजना गम्भीर घाइते

धनगढीमा शक्तिशाली बम विष्फोटमा, पाँचजना गम्भीर घाइते
समाचार

कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित एक होटल अगाडि बिहीबार साँझ शक्तिशाली बम विष्फोट भएको छ ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ सिलण्डर पड्किएर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताउनुभयो ।

घाइते हुनेहरुमा बझाङका राम सिंह, कन्चनपुरको बेलौरी नगरपालिकाका लक्ष्मण सेरला, मोबिन खान, धनगढी–४, बोराडाडीका जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे रहेका छन् ।

होटेलमा चिया खान बसेकाले बोकेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ ।

 

तस्बिर : दिनेशखबरबाट

Post Comment