किन आए रअका प्रमुख गोयल ?

किन आए रअका प्रमुख गोयल ?
समाचार

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल नेपाल आएका छन् । उनीसहित पाँच जनाको टोली आइतवार काठमाडौंमा उत्रिएको हो ।

रअ प्रमुख गोयल नेतृत्वको टोली पाँच दिन नेपालमा रहने उच्च सुरक्षा स्रोतले बतायो । उनको नेपाल बसाई अझै लम्बनसक्ने स्रोतको दाबी छ ।
काठमाडौं उत्रिएको रअको टोली बौद्धस्थित हायात होटलमा बसेको छ ।

गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए । भ्रमण टोलीमा रअको राजनीतिक ब्यूरो हेर्ने पदाधिकारीसमेत रहेको बताइएको छ ।

उनीहरुले नेपालमा रहँदा उच्च राजनीतिक भेटघाट गर्ने छन् ।

Post Comment