अमेरिकाको थप ड्रोन खसाउने इरानका राष्ट्रपतिको प्रतिबद्धता

अमेरिकाको थप ड्रोन खसाउने इरानका राष्ट्रपतिको प्रतिबद्धता
समाचार

इरानका राष्ट्रपति हसन रूहानीले थप अमेरिकी ड्रोनहरू खसाउने प्रतिबद्धता बुधवार व्यक्त गरेका छन् । पर्सियाको खाडीमा तनाव चुलिँदा उनको यो प्रतिबद्धता आएको हो ।

अमेरिकाका अन्य ड्रोनहरूले इरानको एयरस्पेस उल्लंघन गरेमा अघिल्लो महिनामा जस्तै खसाइदिने उनले बताए । अमेरिकी ड्रोन खसाइएपछि ट्रम्पले प्रत्याक्रमण गर्ने आदेश दिएर अन्तिममा फिर्ता लिएका थिए ।

यसैबीच तेहरानको मिडियाले बोरिस जोनसन बेलायतको प्रधानमन्त्री भएकै दिन उनको मजाक उडाएका छन् । होर्मुजको जलडमरुमा अघिल्लो साता बेलायती झण्डा फर्फराएको तेल ट्यांकरमा इरानले कब्जा जमाएको थियो र जोनसनले त्यसलाई छुटाउन सम्झौता गनुपर्नेछ ।

जोनसनलाई ट्रम्पको कामदारका रूपमा देखाएर उनको कार्यकाल छोटो हुने इरानी मिडियाले लेखेका छन् ।

जोनसनले ट्रम्पको नक्कल गर्ने भनी इरानी मिडियाले लेखेका छन् ।

Post Comment