नेपालमा अमेरिकाबाट सबैभन्दा बढी रेमिट्यान्स

नेपालमा अमेरिकाबाट सबैभन्दा बढी रेमिट्यान्स
समाचार

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन् । यो सुविधा अन्तर्गत उनीहरुले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन् ।

राष्ट्र बैंकको गत आवको ११ महिना (साउन–जेठ)को तथ्यांकअनुसार बढी रेमिट्यान्स आउने मुलुकमा अमेरिकापछि दोस्रोमा भारत छ । भारतमा काम गर्ने नेपालीको तथ्यांक छैन ।

यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५/७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी ग¥यो । उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक वर्षको भन्दा झण्डै दोब्बर हो । यो समाचार कान्तिपुर दैनिकमा जितेन्द्र साहले लेखेका छन्

Post Comment