अमेरिकाले लगायो इरानी विदेशमन्त्रीमाथि प्रतिबन्ध

अमेरिकाले लगायो इरानी विदेशमन्त्रीमाथि प्रतिबन्ध
समाचार

अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि प्रतिबन्ध लगाएको छ ।

इरानसँग तनाब बढी रहेको समयमा विदेशमन्त्री जारिफमाथि अमेरिकी अर्थमन्त्रालयले प्रतिबन्धको घोषणा गरेको हो । प्रतिबन्धको कारण अमेरिकामा रहेको या अमेरिकी संस्थाको नियन्त्रणमा रहेको जाफरीको सबै सम्पत्ति जफत हुने छ । जाफरीले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका गलत एजेण्डाहरु लागु गरेकाले उनीमाथि प्रतिबन्ध लगइएको अमेरिकाका मन्त्री स्टिभन मनुचनले बताए ।

प्रतिक्रियामा इरानी विदेशमन्त्री जारिफले अमेरिकालाई धन्यवाद दिएका छन् । आफ्ना एजेण्ड अमेरिकाकालागि खतरा हुनु आफ्नो सफलता भएको विदेशमन्त्री जारिफलले बताएका छन् ।

पछिल्लो केही समय यता पर्सियन खाडीमा तेल बोक्ने पानीजहाजहरुमाथि आक्रमण भएपछि दुवै देशबीच तनाव चुलिएको छ । अमेरिकाले त्यस क्षेत्रमा सैनिकको उपस्थिति बढाएको छ । जसले फेरि खाडीमा अर्को युद्ध निम्त्याउने हो की भन्ने चिन्ता बढेको छ ।

Post Comment