भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमत्री भएपछि जयशंकरको यो पहिलो भ्रमण हुनेछ ।
परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, अगष्ट अन्तिममा विदेशमन्त्री आउने कुराकानी भएको छ । मिति टुंगिएको छैन ।’
स्रोतका अनुसार विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । संयन्त्रको बैठक भदौ ४ र ५ मा प्रस्ताव गरिएको छ तर टुंगो लागिसकेको छैन ।