कश्मीरमा भारतको कदम अस्वीकार्य : बर्नी स्याण्डर्स

कश्मीरमा भारतको कदम अस्वीकार्य : बर्नी स्याण्डर्स
समाचार

अमेरिकाका वरिष्ठ नेता तथा डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार बर्नी स्याण्डर्सले कश्मीरमा भारतको कदमलाई अस्वीकार्य बताएका छन् ।

आफू कश्मीरको स्थिति देखेर चिन्तित भएको भन्दै स्याण्डर्सले सुरक्षाको नाममा कश्मीरमा विरोधको आवाज दबाउने कोशिस भएको छ ।

त्यहाँका जनतालाई स्वास्थ्य सेवा पनि नपुर्याइएकोमा स्याण्डर्सले चिन्ता व्यक्त गरेका छन् ।

आइतवार एक ट्वीट गर्दै स्याण्डर्सले भने, ‘जम्मु कश्मीरमा सञ्चार सेवामाथि लगाइएको प्रतिबन्ध तुरुन्त हटाउनुपर्छ । अमेरिकी सरकारले अन्तर्राष्ट्रिय मानवाधिकारको समर्थनमा बोल्न ढिला गर्नुहुँदैन ।’

Post Comment