चिनियाँ राष्ट्रपति भ्रमणले सम्बन्धमा नयाँ उचाई र गति प्राप्त भयो : प्रधानमन्त्री

चिनियाँ राष्ट्रपति भ्रमणले सम्बन्धमा नयाँ उचाई र गति प्राप्त भयो : प्रधानमन्त्री
समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशितला प्राप्त गरेको दाबी गरेका छन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गरी फर्किएका ओलीले सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको समेत दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधामन्त्री ओलीले लेखेका छन्, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।’

दुई दिने भ्रमणका लागि शनिबार दिउँसाे पाैने पाँच बजे नेपाल आएका सी आज दिउँसो २ बजे स्वदेश फर्किएका छन् । उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतले विमानस्थल पुगेर विदाई गरेका थिए ।

Post Comment