पोखरा – तिहारको तेस्राे दिन आइतबार साँझ घरघरमा दीपावली गरी लक्ष्मीपूजा गरियाे ।
धनकी देवी मानिने लक्ष्मी देवीको पुजा-आरधना गरी यसपालीको लक्ष्मी पुजा नेपाल भर मनाइयो । यस दिनको अवसरमा मान्छेहरुले, सुन, चांदी र अन्य तामा र पीतलका भाँडाहरु सौभाग्य अनि समृद्धिको चिनोको रूपमा किन्ने गर्दछन् । तिहारमा सबैतिर लक्ष्मीपूजाका दिनदेखि माटाेकाे पाला, केराकाे सुप्लाे तथा दियाेमा बत्ती बालेर झ्याल, ढाेका सबैतिर राख्ने चलन छ । लक्ष्मीपूजाका दिन लक्ष्मी सबैकाे घरघरमा डुल्दै आउने भएकाले आफ्ना घरमा लक्ष्मीले वास गरुन् भनेर लिपपाेत तथा सफासुग्घर गरी दीपावलीका माध्यमबाट लक्ष्मीलाई बाटाे देखाउनुपर्छ भन्ने जनविश्वास रहिआएकाे छ ।
यसै अनुसार घरघरमा दियाे बत्ती, मैनबत्ती तथा विभिन्न प्रकारका बिजुली बत्तीले घर टाेल झिलिमिली पार्ने गरिन्छ । साथै घरघरमा गएर भैलाे खेल्ने पनि गरिन्छ ।
लक्ष्मीपूजाकाे साँझ यस्ताे देखियाे पोखरा