प्रदेश प्रमुख कोइरालाद्वारा दुई विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख कोइरालाद्वारा दुई विधेयक प्रमाणीकरण
समाचार

काठमाडौं– प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाबाट केही हप्ताअघि पारित भई आएका दुई विधयेक आज प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा २ (१९२) बमोजिम उनले सूचना हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र सार्वजनिक निजी सहकारी तथा साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताए ।

ती दुवै विधेयकलाई प्रमाणीकरणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रमुख सचिवालयमा आजै दर्ता गराएका थिए ।

Post Comment