सुकुटे बस दुर्घटनाः मृत्यु हुने यात्रुको संख्या १३ पुग्यो (अपडेट)

सुकुटे बस दुर्घटनाः मृत्यु हुने यात्रुको संख्या १३ पुग्यो (अपडेट)
समाचार

मेलम्ची– अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शव खोलाले बगाएको छ ।

दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी सवार थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार जारी रहेको जानकारी दिए ।

घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Post Comment