एजेन्सी, २९ मंसिर । विश्वका १११ देशका सुन्दरीहरुलाई पछि पार्दै ‘मिस वर्ल्ड २०१९’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् । शनिबार राति लण्डनमा भएको समारोहमा सिंहलाई विजयी घोषणा गरिएको हो ।
यस्तै मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप बनिन् ।
नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ प्रपोज’ अवार्ड हात पारिन् ।
मिस वर्ल्ड २०१९ को उत्कृष्ट ५ मा भारत, जमैका, फ्रान्स, नाइजेरियाका र ब्राजिलका सुन्दरीहरु परेका थिए ।