काठमाडौं, ६ पुस । आज वर्षकै छोटो दिन, प्रत्यक वर्षको डिसेम्बर महिनाको २२ तारिख वर्षकै छोटो दिन हुने गर्दछ । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भाेलिदेखि क्रमस: दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ ।
आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम भरे बेलुका ५ बजेर १४ मिनेटमा अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शनिबार बिहान ६ बजेर ५० मिनेटमा झुल्किएको घाम बेलुका ५ बजेर १३ मिनेटमा अस्ताएको थियो ।
पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रात छोटो हुने गर्छ । डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।