कान्छा अभियन्ता के.पी. खनाललाई मुम्बईमा स्वागत

कान्छा अभियन्ता के.पी. खनाललाई मुम्बईमा स्वागत
समाचार

करन साउद, भारत । सुदुर पश्चिमको कैलाली जिल्लाका १७ बर्षिय केपि खनाल कान्छा अभियान्ता आज भोलि देश देखि बिदेश सम्म आफ्नो अभियान लाई निरन्तरता दिईरहेका छन् । सरसफाई तथा सामाजिक काम कै सिलसिलामा उनलाई आज भोलि निकै दौडधुप भएको देखिन्छ।राजधानी काठमाडौ बाट क्लिन काष्ठमण्डप नामक सरसफाई अभियान सुरु गरेका केपिले २/३ बर्ष मै आफ्नो ठुलो परिचय दिन सफल भए ।उनले पुर्व मेची देखि पश्चिम महाकालिसम्म तथा देशका हरेक ठाँउमा सरसफाई अभियानका साथ साथै जनतालाई जनचेतना दिने काम पनि गरि रहेका छन् ।केपिले त्यति मात्र होईन लगभग एक बर्ष अगाडि सुदुर पश्चिमको बिकट पहाडी जिल्ला बाजुरामा ५० लाखको लागतमा एउटा् बालगृह पनि निर्माण गरि सकेका छन् ।

झट्ट देख्दा बच्चा जस्तै लाग्ने केपिले साच्चिकै यस्ता थुप्रै सामाजिक कार्य गरेर ठुलो एक उदाहरणिय काम गर्दै परिचय स्थापित गर्न सफल भएका हुन।उनको पारिवारिक स्थिती हेर्ने हो भने अति दननिय देखिन्छ । उनलाई यस्ता सामाजिक कार्य गर्न निकै ठुलो चुनौतीपूर्ण समस्या थियो तर भनिन्छ जहाँ ईच्छा चाहाना त्यहाँ हल पनि भने झै भएको छ।यदि हामीले कुनै लक्ष्य लिएर काम गर्दै अगाडि जाँदै गर्दा बीचमा कुनै समस्या आउँछ भने त्यस्लाई सामना गर्न सके हामी पक्कै पनि सफलतामा पुग्ने हुन्छौ।पारिवारिक स्थिति कै कारण उनका आमाबुवा अझै पनि भारतको मुम्बईमा सामान्य काम गरि रहनु भएको छ।आज तिनै आमाबुवाको आशीर्वाद अनि माया प्रेरणाले खनाल आफू यहाँ सम्म पुगेका बताउनु हुन्छ।

उनको बाल्यकाल अति नै दुख कष्टमा बितेको पनि उनले बताए ।सानो हुदा एकातिर पढाई अर्को तिर उनी भन्दा कान्छा भाई बहिनीको स्याहारसुसार अनि अर्को केही घण्टाको समय लिएर उनी एफएममा एउटा् कार्यक्रम पनि चलाथे ।यस्तो परिस्थितिको सामना गर्दै हुर्केका खनाल आज भोलि यति सानै उमेरमा चर्चा परिचर्चामा आए।पारिवारिक भेटघाट कै क्रममा उनी केही दिन अगाडि मुम्बई आएका थिए । आमा बुवा संगको रमाईलो भेटघाट पछि पनि उनले आफ्नो अभियान लाई मुम्बईमा पनि निरंतरता दिए ।केही मुम्बई वासी र केही नेपालीहरुलाई लिएर मुम्बईको गोराई भन्ने ठाउँमा उनले एक दिने समुद्री सरसफाई पनि गरे।मुम्बई केही मिडियाले उनको कामलाई निकै बढाई चढाई गरेर पत्रीका र अन्लाईन न्युज छापे र उनको ठुलो प्रशंसा पनि भयो।

दुई बर्ष अगाडि मुम्बईमा कार्यक्रम मै बोलाएर बाजुराको अनाथ आश्रमको लागि सहयोग गरेका सुदुर पश्चिमेलि समाज भारत मुम्बईका पदाधिकारीहरुले चियापान तथा केपि भेटघाट कार्यक्रम 22 फेब्रुअरी 2020 का दिन कांदिवलि मुम्बईमा सम्पन्न गरेका थिए।उक्त भेटघाट कार्यक्रममा सुप समाज भारत केन्द्रिय महासचिव मोहन साउद महाराष्ट्र राज्य अध्यक्ष सुरज ओझा राज्य वरिष्ठ सल्लाहकार प्रेम खड्का सामाजिक अभियान्त करन साउदले फुल र पुष्प गुच्छाले केपि खनाल भब्य स्वागत गरेका थिए।

कान्छा अभियान्त संग विभिन्न बिषय माथी छलफल पनि भएको थियो भने आगामी दिनमा अब सबै सुदुर पश्चिमेलिहरु एकताको सुत्रमा बाधिएर सुदुर पश्चिमको बिकासको लागि हामि सबैले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने पनि खनालले बताएका थिए।सुदुर पश्चिमेलि समाज भारत मुम्बई समितिले उनको निकै ठुलो प्रसंसा पनि गरेका थिए ।

Post Comment