सुदुरपश्चिमेली नेपाली समाज भारत मुम्बई समितिले गर्यो अलपत्र नेपालीलाई सहयोग

सुदुरपश्चिमेली नेपाली समाज भारत मुम्बई समितिले गर्यो अलपत्र नेपालीलाई सहयोग
समाचार

करन साउद, भारत । भनिन्छ मन्दिरमा गएर चढाएको पैसा भन्दा दुखी पीडित गरिब लाई सहयोग गरेको पुण्य हुन्छ रे । यतिबेला बिश्व नै कोरेना भाईरसको चपेटामा पिल्सिरहेको छ।चीन ईटाली स्पेन अमेरिका जस्ता स्वास्थ क्षेत्रमा निकै अगाडि रहेका राष्ट्रहरुले पनि निकै ठुलो मानवीय क्षति बेहोर्नु परेको छ।

बिश्वका अधिक भन्दा बढी देशमा फैलिएको कोरेना भाईरसले पुरै संसार लाई नै दुखको दलदलमा फसाई दिएको छ।रोजगारीका लागि बिश्वका हरेक देशमा छरिएका नेपालीहरु पनि कोरेना कै कारण आज समस्यामा परेका छन् ।विशेष गरि नेपालीहरुको नजिकैको मित्र राष्ट्र भएकै कारण भारतमा काम गर्ने नेपालीहरुको संख्या अधिक छ।भारतमा पनि कोरेनाको प्रभाव अनि संक्रमित संख्या दिनप्रतिदिन बढ्दै गएपछि भारतमा काम गर्ने नेपालीहरुले काम बाट हात धुनु परेको थियो।

कोरेनाको डर त्रासले लाखौ नेपाल स्वदेश फर्किए पनि अधिक भन्दा धेरै नेपालीहरु अझै फर्कन पाएका छैनन् । भारत बन्दका कारण स्वदेश फर्कन नपाएका कयौ नेपालीहरु भारतका विभिन्न क्षेत्रमा अलपत्र अवस्थामा रहेका छन।सदैब जनताको दुख संकट आपद बिपदमा बेलामा सक्दो सहयोग गर्दै आएको सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले महाराष्ट्र राज्यको बदलापुर नामक ठाँउमा अलपत्र रहेका दैलेख निवासी 22 जना नेपाली लाई खाद्यान्न सामाग्री सहयोग गरेको छ।

सुप समाज मुम्बई जिल्ला समिती अध्यक्ष नबिन साउदको नेतृत्वमा उक्ति सहयोग पिडित समक्ष पुर्याएको हो।भारत बन्दका कारण अलपत्र नेपाली समक्ष गएर दिन सक्ने सम्भावना नभएपछि बैंक द्वारा रकम पठाएर पसल बाट सामाग्री किन्न लगाईएका थिए।सुप समाज अन्तर्राष्ट्रिय कोषा अध्यक्ष भुवन भट्ट महाराष्ट्र राज्य वरिष्ठ सल्लाहकार प्रेम खड्का राज्य अध्यक्ष सुरज प्रकाश ओझा केन्द्रिय महासचिव मोहन साउद मुम्बई जिल्ला सदस्य हिमाल साउद राज्य उपाध्यक्ष पदम बाग राज्य संरक्षक कुशल साउद तथा सामाजिक अभियान्त करन साउदको विशेष पहलमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो।

सामाग्री विवरण ।
१) चामल  किलो, २) आटा १० किलो, ३) खाने तेल ५ लिटर, ४) दाल ५ किलो, ५) हल्दी १ प्याकेट ६) धनिया जिरा ३०० ग्राम ।

माथी उल्लेखित खाध्य सामाग्री सहयोग गरिएको थियो भने यदि कुनै नेपालीहरु भारतका जुनसुकै ठाँउमा भए पनि अलपत्र अवस्थामा हुनुहुन्छ छ भने सुदुर पश्चिम नेपाली समाज भारतलाई सम्पर्क गर्न अनरोध गरिएको छ।

Post Comment