कम्युनिष्टको दुई तिहाई सरकारले चाहेन कि सकेन ?

कम्युनिष्टको दुई तिहाई सरकारले चाहेन कि सकेन ?
समाचार
लेखक: रेशम “बिरही” चन्द, बर्दीया

बि.सं. २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महा-सचिव कमरेड मदन भन्डारी र संगठन विभाग प्रमुख कमरेड जिवराज आश्रितको दासढुङ्गामा जिप दुर्घटनामा परि मृत्यु भएको थियो या नियोजित हत्या भयको थियो ? यो रहस्य अझै खुल्न सकेको छैन ।

नेपालमा माक्सवादको सिद्धान्त र जिवनलाई जोडेर नयाँ उदाहरण प्रस्तुत गर्नुहुने महान दार्शनिक नेता कमरेड मदन भन्डारीले अन्तराष्ट्रीय कम्युनिष्ट आन्दोलन गम्भीर समस्यामा रहेको बेला जनताको बहुदलीयजनवादको निर्माण गर्नु भयो । एक दलिय तानाशाही प्रवृत्तिमा सत्ता संचालन गर्ने चेतनामा हुर्केको कम्युनिष्ट आन्दोलनलाई नया रुप दिन अघि सार्नु भएको बहुदलीय प्रतिस्पर्धाको सिद्धान्त नेपालका लागी नौलो प्रयोग थियो । अर्को शव्दमा भन्दा जनताको बहुदलीय जनवाद माक्सवादको नेपाली संस्करण भन्नु पर्दा अतिसयोक्ती नहोला !

जननेता मदन भन्डारीले मुलुकको कम्युणीष्ट आन्दोलनलाई प्रजातान्त्रीक गर्ने मुख्य भुमिका निर्वाह गर्नुभयो । यथास्थितिवादी जडसुत्रवादी चिन्तनले ग्रस्त भयका व्यक्ती तथा समुहहरुले जनताको बहुदलीय जनवाद लाई दक्षिणपंथी विसर्जनवादी र संसोधनवाद भनेर एकात्मक प्रणाली अपनाउदै कोही जंगल पसे कोही टाढ़ा बसे कालान्तरमा २१ औ सताब्दीको जनवाद भनेर जबजलाई अघोषित रुपमा आत्मसात गरेपनी ।

तर विगतका दिनहरुका परिणामहरु २०६४,को संविधानसभा निर्वाचनमा नेपालका कम्युनिस्ट पार्टी वामपंथीले प्राप्त गरेको ६२% जनमत जनताको बहुदलीय जनवादले अघिसारेको कम्युनिस्ट पार्टीको प्रजातान्त्रीकरान र प्रतिस्पर्धा राजनितिको सफल उदाहरण नै हो प्रमाणित भैसकेको छ । दोस्रो संविधान सभा निर्वाचनमा पनी यसको निरंतरता कायमै रहयो। यस्ता उपलब्धिहरुको सिद्धान्त प्रतिपादित गर्ने महान पुरुषको हत्या हुन्छ नेपालमा । हत्या भयको पनी २७ औ वर्ष नाघिसकेको छ ।

मदन भण्डारीको लास संगै दासढुङ्गामा भेटिएको पर्चा

उनकै मार्गदर्शक सिद्धांन्तबाट संचालित नेकपा एमाले २०५० जेठ ३ को हत्याकाण्ड पछी पटक पटक सरकारमा पुग्यो । कमरेड मनमोहन अधिकारी, कमरेड माधव नेपाल, कमरेड झलनाथ खनाल, वामपन्थी प्रचण्ड कमरेड, वर्तमान प्रधानमंत्री केपी ओलीहरु प्रधानमंत्री जस्तो पावरफुल पदमा आसिन हुदा होस या रक्षा मन्त्रालय, गृह मन्त्रालय, जस्ता सुरक्षा निकाय मा सरकारमा एमाले होस । विडम्बना हाम्रा पृय नेताको मृत्युको रहस्य के हो भनी न त औपचारिक खोजविन गर्यो न पहल । देशको रक्षा मन्त्री अनी राष्ट्र्को गरिमामय उच्च राष्टपति जस्तो पदमा महामहिम विध्या भन्डारी ज्यु हुदा पनी हामीले हाम्रा पृय नेताको मृत्युको रहस्य थाहा पाउन सकेका छैनौ !

शोकलाई शक्तिमा बदलौ भनेर राष्ट्र्ब्यापी उर्लियको जन लहरलाई तत्कालीन समयमा संम्बोधन गरिन्थ्यो कांग्रेशी सरकारको मिलेंमतोमा बिदेशी डिजाइन अनुसार हत्या भएको अधिकांश एमाले नेताहरुको भनाई थियो । नेकपा एमाले द्वारा गठित छानबीन आयोगले दासढुगां हत्याकांण्ड भएको ठहर गर्दै हत्याराको पहिचान भइसकेको र कार्वाही गर्ने सयंत्र अाफ्नो हातमा अाउना साथ दोषी माथि कार्वाही गरिने कानुनी कठघरामा उभ्याउने प्रतिवद्दता गरेको थियो ।

तर दु:खको कुरो तत्कालीन समयदेखि पुर्व एमालेको नेतृत्वमा पटकपटक सरकार बन्यो तर चु सम्म बोलेन मदन भण्डारी र जिवराज का बारेमा। मदन भण्डारीलाई सिध्यायर शक्ति हत्याउन खोज्ने एमाले भित्र कै नेताहरू हुनसक्ने तत्कालीन शंका र चर्चा त सही होइन कतै ?? यदि होइन भने किन अाज उहाकै धर्मपत्नी विद्यादेवी भण्डारी राष्टपति हुदा उहाकै सहयोद्दा केपी अोली प्रधानमन्त्री हुँदा मात्रै नभइ दुई विपरीत धारमा फस्टाइ रहेका वामपन्थीहरुको एकता पश्चात् प्राप्त दुई तिहाइ करिबको जनमत द्वारा अनुमोदित सरकारले हरेक कानुनी सयंत्र अाफ्नो हातमा हुदा राज्यका हरेक निकाएका पावर हुदा समेत उहाँहरुको हत्याको प्रदाफास गर्न सकेको छैन दोषीलाई कठघरामा कहिले उभ्याउछ त???

मदन-जिवराजको तस्बिरमा माल्यार्पण गर्दा जबजलाई मात्रै आत्मसाथ गरेर उहाँ प्रति सम्मान हुदैन । उहाँको वास्तविक हत्यारालाई पत्ता लगाइ दण्डित गरेर तब मात्रै श्रद्धाञ्जलीका शब्दको तौल र सम्मान बढ्नेछ। म हृदय देखि उहरुलाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।।

Post Comment