युएस नेपाल न्युज,लमजुङ । लमजुङको मस्र्याङी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुरिएका हुन् ।
जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । आफू पनि घटनास्थलतर्फ गइरहेको उनले बताए ।