गर्भवती र बिरामी महिलालाको लागि छुट्टै होल्डिङ सेन्टर र आइसोलेसन

गर्भवती र बिरामी महिलालाको लागि छुट्टै होल्डिङ सेन्टर र आइसोलेसन
समाचार

युएस-नेपाल न्युज, काठ्माण्डौ । गर्भवती र बिरामी महिलालाई राख्नको लागि होल्डिङ सेन्टर र आइसोलेसन बनाइएको छ।

धनगढी उपमहानगरपालिकाले वडा नम्बर-१ स्थित बी पोलिटेक्निकमा नमूना महिला होल्डिङ सेन्टर र आइसोलेसनको स्थापना गरी बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो।

धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले महिला होल्डिङ र आइसोलेसन सेन्टरमा कोरोना पोजिटिभ र नन-पोजेटिभ गरी दुई प्रकारले व्यवस्थापन गरिने बताए।

उनले होल्डिङ सेन्टरमा कोरोना नलागेका गर्भवती, सुत्केरी र टाढाबाट आएका महिलालाई बस्न, सन्तुलित खाना र स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको बताइन्।

Post Comment