खाडी र मलेसियामा मात्र कोरोना संक्रमित नेपालीको संख्या ६ लाख नाघ्यो

खाडी र मलेसियामा मात्र कोरोना संक्रमित नेपालीको संख्या ६ लाख नाघ्यो
समाचार

युएस-नेपाल न्युज, परदेश । खाडीका देश र मलेसियामा गरी ६ लाख भन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ भने पाँच लाख जना भन्दा बढी निको भएका छन् । यी देशमा कार्यरत सङ्क्रमित नेपाली मध्ये ९३ प्रतिशत निको भएका छन् । अहिलेसम्म खाडीका देश र मलेसियासहित विभिन्न देशमा ३१ हजार ५ सय २१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ हजार ६ सय ८१ जना निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

खाडीका देशमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या बढेको छ । मलेसियामा भने नयाँ कोरोना सङ्क्रमित भेटिने क्रम निकै घटेको छ । यी देशमा कोरोना सङ्क्रमणको दर घटेसँगै आर्थिक गतिविधि पनि विस्तारे सुरु हुन थालेका छन् । त्यहाँ कार्यरत नेपाली पनि काममा फर्कंन थालेका छन् ।

Post Comment