अमेरिका कोभिडविरुद्धको खोप सोमबारदेखि लगाउन सुरु गर्दै

अमेरिका कोभिडविरुद्धको खोप सोमबारदेखि लगाउन सुरु गर्दै
कोरोना समाचार

अमेरिकी सर्वसाधारणले सोमबारदेखि कोभिड–१९ विरुद्धको फाइजर र एनबायोटेकको खोप पाउने भएका छन् । आपातकालीन प्रयोगका लागि अनुमति पाएसँगै अमेरिकामा कोभिडविरुद्धको खोप लगाउन सुरु गरिदैछ ।

वितरणको जिम्मेवारी पाउनुभएका जेनेरल गुस्टेभ पेर्नाले साताको अन्त्यसम्म ३० लाख डोज अमेरिकाको सबै राज्यमा वितरण हुने बीबीसीसँगको कुराकानीमा खुलाउनुभयो । अमेरिकी औषधी तथा खाद्य प्रशासनले फाइजर र एनबायोटेकको खोप कोभिडविरुद्ध ९५ प्रतिशत सुरक्षा दिने जनाएको छ ।

नोभेम्बर महिना यता अमेरिकामा कोरोना सङ्क्रमणले हुने मृत्यु तीव्र रुपमा वृद्धि भएको छ ।

Post Comment