नेपालमा पछिल्लो २४ घण्टामा ५५१० जनाको पिसिआर टेस्ट गर्दा थप ५०० जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण देखिएको छ भने सोही अवधिमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्यांक अनुसार हाल सम्म कुल १९ लाख ५ हजार ८२६ पीसीआर परीक्षण गरिएको छ भने कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८४० जना निको भएर फर्किएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ।
मन्त्रालयका अनुसार ६ हजार ७४९ जना आइसोलेसनमा र ३६९ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । मन्त्रालयको तथ्यांक कोरोनाबाट मृत्यु हुनेको कुल संख्या एक हजार ८ सय १९ पुगेको छ।