पछिल्लो २४ घण्टाभित्र थप ११२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टाभित्र थप ११२ जनामा कोरोना संक्रमण
कोरोना समाचार

विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । गत २४ घण्टामा ५४ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने ९३६ जना आइसोलेसनमा छन् ।

Post Comment