कर्साङ तामाङ, रुप नारायण लामीछाने र कल्पना दाहालको आवजमा मौलिक दोहोरी गित “जिन्दगानी बगेको खोली हो” डिजिटल बजारमा सार्वजनीक भएको छ। गितले छोटो समयमानै दर्शक श्रोताको मन जित्न सफल भएको पाईएको छ । गायक तामाङका अनुसार टिकटकमा समेत अत्यधीक रुचाइएर भिडियोहरु बनीरहेका छन ।
स्वयं कार्साङ तामाङको लय तथा शब्द सृजनामा तयार भएको यस गितको म्युजिक भिडियो कुमार लामीछानेको निर्देशन दिनेश पराजुलीले छायांकन, माधव श्रेष्ठको नृत्य निर्देशन र उत्तर राना मगरको सम्पादनमा तयार भएको हो । भिडियोमा गणेश लामा, सीता लामा र पार्वती तामाङको अभिनय देख्न सकीन्छ । कार्साङ तामाङ अफिसियल युटुब च्यानलमा गित अपलोड भएको छ ।