गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी निर्वाचन २०१७-२०१९ का लागि उम्मेदवारहरुले सदस्यता बितरण गरिराखेका छन् । निर्वाचन नजिकिदै जाँदा सदस्यताको संख्यामा पनि तिब्र रुपमा बृद्धि भैरहेको छ । यसैबिच सदस्यता लिन ५ दिन मात्रै बाँकि रहँदा आज सम्म ४ हजार ४ सय २९ जनाले साधारण सदस्यता लिएका छन् २ सय ७४ भने जनाले आजिवन सदस्यता लिएका छन् ।
हाल सम्म कोलराडो बाट १सय १४ जनाले सदस्यता लिएका छन् भने क्यालोफोर्निया ६ सय ३४ , टेक्ससबाट १ हजार ३ सय ८६, न्यूयोर्कबाट ७ सय ९९,मेरिल्याण्डबाट २ सय६८,भर्जिनिया बाट २ सय ४५ जनाले सदस्यता लिएका छन् । यस्तै गरि अन्य स्थानबाट पनि सदस्यता लिनेको संख्या बढिरहेको छ ।
सदस्यता हेर्नका लागि https://members.nrnnccusa.org/view
एनआरएन अमेरिका निर्वाचन :हाल सम्म करिव ५ हजारले लिए सदस्यता,कहाँ कति ?
