एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछु – प्रेमकाजी श्रेष्ठ

एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछु – प्रेमकाजी श्रेष्ठ
एनआरएन विशेष कोलोराडो समाचार

मार्च २८, कोलोराडो । अमेरिकाको कोलोराडोमा बिगत डेढ दसक भन्दा बढि समय बसोबास गर्दे आएका समाजसेवी , मिलनसार तथा प्रष्ट बक्ता प्रेमकाजी श्रेष्ठले अनआरएन अमेरीकाको आगामी निर्वाचनमा बोर्डअफ डाईरेक्टर पदमा उमेद्धारी दिने घोणणा गरेका छन् ।

नेवाखःल कोलोराडोका अध्यक्ष तथा लङमन्ट हिमालयज् लायन्स क्लबका उपाध्यक्ष प्रेमकाजी श्रेष्ठले आफ्नाे उमेद्धारी सामाजिक संजाल मार्फत घोषणा गरेका हुन् । कोलोराडोको लङमन्टमा ब्यवसायगर्दै आएका श्रेष्ठ नेपाल र नेपालीको हक हित तथा सहयोगकोलागी सधै अगाडी सर्ने मनका धनी ब्यक्तिहरु मद्येमा पर्दछन् । आफु त्यस स्थानसम्म पुग्न सकेमा, एनआरएन जस्तो विश्वब्यापी संस्थाको लक्ष तथा उद्येश्यलाई नारामा मात्र सिमित नराखी ब्यबहारमा उतार्न पहलगर्ने उनको भनाई रहेको छ ।

उनले आगामी मे महिनामा सम्पन्न हुन गईरहेको ( २०२१–२०२३ ) पदाधिकारीहरुको निर्वाचनमा आफुलाई बोर्डअफ डाईरेक्टर पदमा अमुल्य भोट दिई जिताउन सबैसंग अनुरोध गरेका छन् । आफु निर्वाचित भएमा आफुले पाएको जिम्बेवारी कुशलता पुर्वक निभाउने उनले प्रण गरेका छन् । उनले कोलोराडो लगायत अमेरीकामा रहेका सबै नेपाली दाजुभाई दिदी बहिनिहरुलाई आफ्नो अमुल्य मतदिई जिताउभएमा उक्त मतको दुरुपयोग नगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Post Comment