६ महिना प्रतिपक्षमा बस्दैमा कांग्रेस धेरै उकुसमुकुस भएकाे बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने जनाएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ राष्ट्रिय सम्मेलन र साधारणसभाको आज उद्घाटन गर्दै सरकारका प्रवक्ता बास्कोटाले यही फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुगे पनि नीति तथा कार्यक्रम र बजेट आएको ६ महिना मात्रै भएकोे यस अवधिमा सरकारले धेरै राम्रा काम गरे पनि स्थान नपाएको गुनासो गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई कमजोर नदेख्न आग्रह सरकारले अघि बढाएको सामाजिक सुरक्षा योजनाको दायरामा सञ्चारगृह पनि आउनुपर्नेमा बाँस्काेटाले जोड दिएका छन् ।