काठमाडौँ, २१ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणको अभियानमा सहयोगी भूमिका निर्वाह गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घद्वारा आज आयोजित १०औँ ‘एफक्यान इन्टलिजेन्ट्स अवार्ड’ वितरण समारोहमा मन्त्री नेम्बाङले मुलुक निर्माणमा सरकारले व्यवसायीलाईसाथै लिएर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राम्रो काम गर्ने व्यवसायीलाई राज्यले सम्मान गर्छ र नराम्रो काम गर्नेलाई सचेत गराउने वा कारवाही गर्ने पनि गर्छ ।”