प्रदेश सरकार र काउन्सिलबीच सहमति

प्रदेश सरकार र काउन्सिलबीच सहमति
राजनीति समाचार

काठमाडौँ, ४ पुस । प्रदेश नं ३ सरकारका आन्तरिक मामिला एवं कानून मन्त्रालय र प्रेस काउन्सिल नेपालबीच मिडियासम्बन्धी कार्यक्रममा सहकार्य र समन्वय गर्ने सहमति भएको छ ।

कानून मन्त्री शालिकराम जम्कट्टेल र काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । सहमतिअनुसार प्रदेश नं ३ का पत्रकारलाई पत्रकार आचारसंहितासम्बन्धी जानकारी गराउन प्रादेशिक भेला गरिने छ ।

सङ्घीय र प्रादेशिक कानूनद्वारा निर्दिष्ट जिम्मेवारी बमोजिम मिडियाको सूचीकरण र पत्रकार आचारसंहिताको स्थितिबारे अनुगमन कार्य अघि बढाइने विषयमा समेत सहमति भएको छ ।

कार्यक्रममा ३ नं प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटा, प्रेस काउन्सिल सदस्य ईवरीप्रसाद ओझा, नेपाल पत्रकार महासङ्घका महासचिव रमेश बिष्ट, कोषाध्यक्ष राकेश मिश्रलगायत पत्रकार पदाधिकारीको सहभागिता थियो ।

Post Comment