प्रधानमन्त्री ओली नियमित डायलासिस गराएर पनि निवास फर्किए

प्रधानमन्त्री ओली नियमित डायलासिस गराएर पनि निवास फर्किए
राजनीति समाचार

काठमाडौं, ११ पुस । मिर्गौलाको नियमित डायलासिस गराएर प्रधानमन्त्री केपी शर्मा ओली निवास फर्किएका छन् । प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगी डायलासिस गराएर बालुवाटारस्थित निवास फर्किसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू नियमित डाइलासिस गरी शिक्षण अस्पतालबाट निवास फर्किनुभएकाे जानकारी गराउन चाहन्छु,’ थापाले ट्वीट गरेका छन् । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले समेत काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउँदै आएका छन् ।

Post Comment