नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य ललनकुमार रायको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक शो’क विज्ञप्तिमार्फत उहाँको आ’त्माको ची’रशान्तिको कामना गर्दै शो’क सन्तप्त परिवारजनमा स’मवेदना प्रकट गर्नुभएको छ ।
महासमिति सदस्य रायको आज बर्दिवास नजिक बस दु’र्घटनामा परी नि’धन भएको हो । काठमाडौँबाट महोत्तरीतर्फ जाँदै गरेको गङ्गोत्री यातायातको बस ट्रकमा ठोकिँदा दु’र्घटना भएको थियो । स्व रायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक कुशल सङ्गठन कर्तालाई गु’माएको र अपूरणीय क्ष’ति पुगेको उल्लेख गर्नुभएको छ ।
महोत्तरीको मनरा सिसुवा नगरपालिका–९ निवासी स्व राय संविधानसभा सदस्य निर्वाचन २०७० मा महोत्तरी निर्वाचन क्षेत्र नं ४ बाट काँग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । विसं २०३६ देखि नै विद्यार्थी राजनीतिमा संलग्न रहेर उहाँले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । प्रजातन्त्र स्थापनाका लागि गरिएको संघर्षका क्रममा उहाँले करिब तीन वर्ष जे’ल जीवनसमेत बिताउनुभएको थियो ।
उक्त दुर्घ’टनामा काँग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेता जयप्रकाश चौधरी समेत ग’म्भीर घाइते हुनुभएको काँगे्रसले जनाएको छ । घाइतेको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । सभापति देउवाले घाइते सबैको शी’घ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।