प्रचण्डले सार्वजनिक रुपमै भने – रेशम चौधरीलाई छिट्टै छुट्याइन्छ !

प्रचण्डले सार्वजनिक रुपमै भने – रेशम चौधरीलाई छिट्टै छुट्याइन्छ !
राजनीति समाचार

काठमाडौँ, १ माघ । सत्तारुढ (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धमा तत्कालीन माओवादीद्धारा १७ हजार मानिस मा रिएको कुरा असत्य भएको बताएका छन् । वुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘मलाई ताकेर साथीहरुले धेरै कुरा राख्नु भएको छ । ति सबै कुराको जवाफ दिन सक्दिनँ । म तथ्यांक मात्र सच्याउन चाहन्छु । मैले १७ हजार मान्छे मा रेर आएको तथ्यांक भन्ने गरिन्छ । यो सत्य होइन ।’

प्रचण्डले अगाडी थपे, ‘सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मा रेका हुन् । मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु । तर राजाले मा रेको १२ हजारको कुरा नहुने ? राज्यले मारेको पनि मेरै टाउँकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन ।’

प्रचण्डले युद्धमा भएका राम्रा र नराम्रा कामको जिम्मेवारी आफूले लिने प्रष्ट पारे । ‘युद्धको म जिम्मा लिन्छु । त्यहाँ भएका राम्रा र नराम्रा कामको म जिम्मेवार छु । म त्यहाँ भएका कामबाट भाग्ने काम हुँदैन’, उनले भने ‘तर नगरेको काम पनि मलाई नै थुपार्ने काम नगर्नुहोस् ।’

त्यस्तै उनले टीकापुर घ टनामा दो षी ठ ह रिएका रेशम चौ धरीलाई छुटाउने पनि बताए । उनले केही समयको धैर्य गर्न आग्रह गर्दै सो बताएका हुन् ।

Post Comment