काठमाडौं, १६ माघ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचारसम्बन्धी एउटा मु’द्दाको अभिलेख लिएर १५ दिनभित्रै आफैं इजलासमा उपस्थित हुन आदेश दिएको छ ।
न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।
नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मु’द्दाको अभिलेख अख्तियारले पटक पटक ताकेता गर्दा पनि दिन नसकेपछि अदालतले उक्त मु’द्दाको कागजात अभिलेख खोजी १५ दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।
आदेशमा भनिएको छ ‘सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएका मु’द्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न सकिन्न ।’
यसअघि पनि आयोगका सचिवलाई सम्बोधन गरि २०७५ कात्तिक ८ र फागुन २३ गते यस्तै आदेश जारी भएको थियो ।