रिहा हुन लगत्तै प्रचण्डले दिए महरालाई बधाइ

रिहा हुन लगत्तै प्रचण्डले दिए महरालाई बधाइ
राजनीति समाचार

काठमाडौं, ५ फागुन । सोमबार काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएलगत्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन् । अदातले न्याय दिएको भन्दै उनले बधाइ दिएका हुन् ।

अदालतको फैसला आएलगत्तै प्रचण्डले महरालाई फोन गरी बधाई दिएको स्रोतले जनाएको छ । महरा प्रचण्डका खास सहयोगी र विश्वास पात्रमध्येका एक हुन् ।

कुनै पनि महत्वपूर्ण निर्णय लिनुअघि प्रचण्डले महरासँग परामर्श लिने गरेका थिए ।

Post Comment