बाँस्कोटामाथि अख्तियारको निगरानी, छिट्टै बयान लिने तयारी

बाँस्कोटामाथि अख्तियारको निगरानी, छिट्टै बयान लिने तयारी
राजनीति समाचार

काठमाडौँ, ९ फागुन । ७० करोड कमिशन मागेको अडियो लिक भएसँगै राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको छ ।

अख्तियारले सत्यतथ्य र प्रमाण नष्ट हुनसक्ने खतरा महसुस गर्दै बाँस्कोटालाई निगरानीमा राखेको हो । सम्पूर्ण कागजात अख्तियारले लिइसकेको र बाँस्कोटालाई छिटै बयान लिने तयारी गरिरहेको पनि जनाइएको छ ।

सेक्युरिटी प्रेस खरिद गर्ने बिषयमा बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडियो वुधबार सार्वजनिक भएसँगै बिहीबार बाँस्कोटाले राजीनामा दिएका थिए ।

Post Comment