काठमाडौं,२१ फागुन । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वा’स्थ्य स्थि’र रहेको चिकित्सकहरुले बताएका छन् । ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको हो । उहालाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिएकी हुन् । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको र उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको विज्ञप्ति निकालिएको छ ।
मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको छ । प्रधानमन्त्री ओलीको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्तकुमार लगायतको टोली संलग्न थियो ।
चिकित्सा टोलीमा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपालीलगायतको टोली थियो । यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा. डा. सुवास आचार्यलगायतका टोलीको सहभागिता रहेको अस्पतालले जनाएको छ ।