चैत महिनाको भाडा लिए कारबाही हुन्छ : मन्त्री खतिवडा

चैत महिनाको भाडा लिए कारबाही हुन्छ : मन्त्री खतिवडा
राजनीति समाचार समाज

काठमाडौं, २० चैत । चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको थियो ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज खतिवडाले देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन आग्रह गर्दै भाडा लिने घरधनीलाई कारबाही गर्ने उल्लेख गरेका छन् ।

‘सरकारले सबै घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको छ’ उनले भने ‘यो घरधनीलाई सरकारले कर छुट गरेको छ । त्यही भएर एक महिनाको भाडा नलिन भनिएको हो । सरकारको निर्णय र आग्रह बेवास्ता गरी भाडा लिए त्यस्ता धरधनीलाई सरकारले एक्सन लिन्छ ।’

मन्त्री खतिवडाले एक महिनाको भाडा नलिँदैमा घरधनी टाट पल्टिने अवस्था नरहेको समेत बताए ।

Post Comment