चिकित्सकको मनबोल बढाऔँ: मन्त्री ढकाल

चिकित्सकको मनबोल बढाऔँ: मन्त्री ढकाल
राजनीति समाचार स्वास्थ्य

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सम्पूर्ण मानव जातिका लागि दुस्मन भएकाले यसविरुद्ध अग्रपङ्तिमा खट्ने चिकित्सक र सम्बन्धित सबैको मनोबल बढाउनुपर्ने बताएका छन् । ज्योति ग्रुपले प्रदान गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर सामग्री आज बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्नेमा जोड दिए । मन्त्री ढकालले विपद्का समयमा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगका निम्ति धन्यवाद दिए।

मन्त्री ढकालका प्रेस संयोजक माधवराज तिवारीका अनुसार ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिका अध्यक्ष सौरभ ज्योतिले उक्त सामग्री हस्तान्तण गरेका थिए । सो कम्पनीले दिएको होण्डा अटोमेटिक ब्याकप्याक स्पे्रयर सार्वजनिक स्थानहरुमा कीटनासक औषधि छर्नका निमित्त उपयोगी हुनेछ । ग्रुपले १० थान अटोमेटिक ब्याकप्याक स्पे्रयरको ७ लाख रुपैयाँ पर्ने जनाइएको छ ।

Post Comment