संकटको बेला सञ्चार माध्यम र सामाजिक सञ्जालले मुलुकलाई अस्थिरता तर्फ धकेलेको प्रधानमन्त्री ओलीको आरोप

संकटको बेला सञ्चार माध्यम र सामाजिक सञ्जालले मुलुकलाई अस्थिरता तर्फ धकेलेको प्रधानमन्त्री ओलीको आरोप
राजनीति समाचार समाज स्वास्थ्य

काठमान्डाैं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने प्रयास गरेको बताएका छन् ।

अन्तराष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा भिडियो सन्देश सार्वजनिक गर्दै नेपालका केहि सञ्चार माध्यमले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने प्रयास गरेको र उक्त प्रयासलाई सफल हुन नदिने बताएका हुन् ।

मुलुकलाई अस्थिरता तर्फ धकेल्न नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरु लागी परेको प्रधानमन्त्री ओलीको आरोप छ ।

उनले भने, “आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरता तर्फ धकेल्ने प्रकृत्तिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ ।”

प्रधानमन्त्री ओलीलेले सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको मौका छोपेर अस्थिरता प्रयास हुनु दुखद् भएको बताए ।

Post Comment