प्रधानमन्त्री ओलीद्वारा सिङ्गापुरका प्रधानमन्त्रीलाई बधाई ज्ञापन

प्रधानमन्त्री ओलीद्वारा सिङ्गापुरका प्रधानमन्त्रीलाई बधाई ज्ञापन
राजनीति समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सिङ्गापुरका प्रधानमन्त्रीमा लि सि एन लुङ पुनः निर्वाचित भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री लिलाई आज एक बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनको कार्यकालमा नेपाल–सिङ्गापुर सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत प्रधानमन्त्री ओलीले गरे ।

यसैगरी परराष्ट्र प्रदीपकुमार ज्ञवालीले सिङ्गापुरको विदेशमन्त्रीमा भिभिएन बालकृष्णनन् पुनः नियुक्त हुनु भएकामा बधाई ज्ञापन गरे । मन्त्री ज्ञवालीले आजै विदेशमन्त्री बालकृष्णनन्लाई बधाई सन्देश पठाउँदै गत वर्ष माल्दिभ्सको राजधानी मालेमा उनीसँग भएको भेटवार्ताको स्मरण गरे ।

श्री बालकृष्णनन्को कार्यकालमा नेपाल र सिङ्गापुरबीच विद्यमान मैत्री एवं सहयोगात्मक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

Post Comment