नेता पौडेलद्वारा बकर इदको शुभकामना

नेता पौडेलद्वारा बकर इदको शुभकामना
राजनीति समाचार समाज

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बकर–इद (इदुल जोहा) का अवसरमा देशविदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक शुभकामना सन्देश जारी गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति रहेको नेपालमा यस पर्वले एकापसमा सद्भाव, मेलमिलाप र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकताको भावना मजबुत बनाउनुका साथै आर्थिकरुपमा समृद्ध नयाँ नेपाल निर्माणको अभियानमासमेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

Post Comment