जनभावनाअनुसार काम गर्न काँग्रेस नेता भण्डारीको सुझाव

जनभावनाअनुसार काम गर्न काँग्रेस नेता भण्डारीको सुझाव
राजनीति समाचार

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले जनभावनाअनुसार काम गर्न सरकारलाई सुझाव दिएका छन् । नेपाली काँग्रेस बन्दीपुर गाउँ समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले चुनावमा गरिएका प्रतिबद्धताबमोजिम काम गर्न सरकारलाई सुझाव दिएका हुन् । “देशमा आर्थिक समृद्धि हुन्छ, देश विकास हुन्छ भनेर जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका हुन्, तर आज धेरै जनतामा निराशा मात्रै देखेको छु”, उनले भने, “सरकार जनभावनाअनुसार चल्नुपर्छ ।”

Post Comment