लहान । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा सङ्घीय गणतन्त्र संस्थागत गर्न अझै सङ्घर्षको आवश्यकता रहेको बताएका छन् । सिरहाको लहानमा आज विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले लामो सङ्घर्ष र शहीदहरुको बलिदानीबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेकाले यसलाई संस्थागत गर्न अझै सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
अध्यक्ष यादवले सङघीय गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै सङ्घीय व्यवस्थालाई संस्थागत गरी जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु र फस्टाउँदै गएको भ्रष्टाचार अन्त्य गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताए ।