चाबहिलमा घर भत्कियो, तीनजना घाइते

चाबहिलमा घर भत्कियो, तीनजना घाइते
समाचार समाज

कठमाडौं : चाबहिलस्थित मूल सडकमै घर भत्किएको छ। बुधबार दिउँसो भत्किएको उक्त घरमा मानिस पुरिएको समेत आशंका गरिएको छ।

भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए। उनका अनुसार चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको उक्त घर भत्किएको हो।

केही दिनअघिबाट क्रेन प्रयोग गरी चारतले पुरानाे घर भत्काउन थालिएको थियो। तर, आज भत्काउन थालिएको उक्त घर ढलेपछि मान्छे पुरिएको आशंका गरिएको छ। ३ जना घाइतेलाई अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

Post Comment