कपिलवस्तुमा कार दुर्घटनामा परि ग्लोबल आईएमई बैंकका प्रबन्धक पाण्डेको मृत्यु,बहिनिको बिहेकै दिन यति ठुलो बज्रपात

कपिलवस्तुमा कार दुर्घटनामा परि ग्लोबल आईएमई बैंकका प्रबन्धक पाण्डेको मृत्यु,बहिनिको बिहेकै दिन यति ठुलो बज्रपात
समाचार समाज

कपिलवस्तु । कपिलबस्तुको वोर्डगाउँ नजिक कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्  ।

कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डे सवार बा ६ च ६३९० नम्बरको कार सोमबार बिहान दु र्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पाण्डे आफैले चलाएको कार दु र्घटना हुदा पाण्डेको घटनास्थलमै मृत्यु भएको थोयो ।

तीव्र गतिका कारण दु र्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कार अनियन्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठोक्‍किएको थियो ।

पाण्डेको परिवारमा सोमबार विवाहको कार्यक्रम थियो । उहाकी बहिनीको सोमबार विवाह गर्ने तरखर थियो । वाणगंगाको पीस हिमालय रिर्सोटमा हुने बहिनीको विवाहको लागि पाण्डेसहितका आफन्त विहानै चारनम्बर आउन लागेका थिए । चारनम्बर नपुग्दै उहाको दुखत निधन भयो ।

Post Comment