काठमाडौ, २५ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि बिहिबारदेखि ६५ वर्ष पूरा भएर ६६ वर्षमा लाग्दैछन् ।

वि.सं. २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्ड बिहीवारबाट ६६औं वसन्तमा प्रवेश गर्न लागेका हुन् ।

पूर्व माओवादी पृष्ठभूमिका नेकपाका कार्यकर्ताले समाजिक सञ्जालमा प्रचण्डलाई बुधवारदेखि नै जन्म दिनको शुभकामना दिइरहेका छन् ।

दिनभर राजनीतिक कार्यक्रम र भेटघाटमा व्यस्त रहने प्रचण्ड बिहानीको समयमा नियमित शारीरिक व्यायाम गर्ने गर्छन् । प्रचण्डका सहयोगीहरूका अनुसार उनले बिहान एक घण्टा ब्याडमिन्टनमा समय बिताउने गरेका छन् ।

स्वास्थ्यमा सचेत प्रचण्ड काठमाडौं बाहिर गएको समयमा बिहान बेलुका हिँड्ने गर्छन् । गृहजिल्ला चितवन जाँदा भने उनी नारायणी नदी किनारमा पुग्ने गरेका छन् ।