दाङमा १२० सवारी दुर्घटनामा ३६ को मृत्यु

दाङमा १२० सवारी दुर्घटनामा ३६ को मृत्यु
समाचार समाज

तुलसीपुर, ५ पुस । दाङमा चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो चार महिनामा १२० सवारी दु र्घटना हुँदा ३६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन बालक, छ बालिकाको मृत्यु भएको हो ।

साथै दु र्घटनामा ७० पुरुष, २० महिला, १० बालक, ६ बालिका गरी १०५ गम्भीर घाइते भएका छन् भने ३५ पुरुष, २३ महिला, पाँच बालक, १४ बालिका गरेर ७७ व्यक्ति भने सामान्य घाइते भएको रेग्मीले बताउनुभयो । ट्राफिक प्रमुख रेग्मीका अनुसार चालकको लापरवाही, ओभरटेक, तीव्रगति, मा दक प दार्थ से वन गरेर सवारी चलाउनु, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु, सवारीको अवस्था ठीक नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, छाडा पशुचौपाया, सडकको अवस्था खराबलगायतका कारण दु र्घटना हुने गरेको छ ।

ट्राफिक प्रमुख रेग्मीका अनुसार साउनमा ट्रक÷टिपर चार, बस चार, जिप÷कार चार, ट्र्याक्टर एक, मोटरसाइकल १३ तथा अन्य गरी २७ सवारी दुर्र्घटना भएको थियो । भदौमा ट्रक तीन, टिपर एक, बस तीन, जीप÷कार दुई, ट्र्याक्टर दुई, टेम्पो तीन, मोटरसाइकल १५ गरेर जम्मा २९ सवारी दुर्घटना भयो । असोजमा ट्रक एउटा, टिपर एक, बस दुई, माइक्रो एक, जिप÷कार दुई, टेम्पो तीन, मोटरसाइकल १३ गरी २३ दु र्घटना भएका छन् । कात्तिकमा ट्रक एउटा, बस तीन, माइक्रो एउटा, जिप एक, कार दुई, ट्र्याक्टर तीन, टेम्पो चार र मोटरसाइकल ११ तथा अन्य दुई गरी २७ दुर्घटनामा परेको रेग्मीले बताउनुभयो । मङ्सिरमा टिपर दुई, बस तीन, ट्र्याक्टर दुई, मोटरसाइकल सात गरेर १४ दु र्घटनामा परेका थिए ।

गत आर्थिक वर्षको तथ्याङ्कअनुसार साउन महिनामा २२, भदौमा २३, असोजमा २४, कात्तिकमा २४, मङ्सिरमा २६, पुसमा १५, माघमा २८ फागुनमा २१, चैत्रमा २०, वैशाखमा १५, जेठमा १५ र असारमा १५ गरेर जम्मा १५१ सवारी दु र्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । गएको वर्ष छ बालकको मृत्यु भएको थियो भने ३५ घाइते भएका थिए । त्यस्तै बालिका दुईको मृत्यु भयो भने १५ घाइते भएका थिए । यस्तै ७५ पुरुषको मृत्यु भएको थियो भने २४७ घाइते भएका थिए । सवारी दु र्घटनामा १९ महिलाको मृत्यु भएको थियो ।

Post Comment