विज्ञानलाई नै चुनौती दिंदै १०१ वर्षकी वृद्धाले जन्माइन् १७औं बच्चा

विज्ञानलाई नै चुनौती दिंदै १०१ वर्षकी वृद्धाले जन्माइन् १७औं बच्चा
समाचार समाज

एजेन्सी, ५ पुस । इटालीकी एक वृद्धाले विज्ञानलाई चुनौती दिंदै १०१ वर्षको उमेरमा बच्चा जन्माएकी छन् । ४० वर्ष उमेर कटेपछि महिलाको प्रजनन् क्षमतामा कमी आउँछ भन्ने विज्ञानले गरेको प्रमाणितलाई नै उनले १०१ वर्षको उमेरमा बच्चा जन्माएकी हुन् ।

उनको कोखबाट जन्मिएको यो १७ औं सन्तान हो । मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औं बच्चालाई शल्यक्रिया गरेर जन्म दिएकी हुन् । उनको शल्यक्रिया टर्कीमा गरिएको बताइएको छ ।

युरोपेली युनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो । १०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आशिर्वाद बताएकी छन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी राखिएको छ ।

Post Comment