फिदिम । पाँचथर भएका छुट्टा–छुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
फिदिम नगरपालिका वडा नं २ ओदिनका ४३ वर्षीय विष्णु इङ्वा लिम्बूको स्कुटी दुर्घटना हुँदा शुक्रबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम बजारबाट ओदिन जाने क्रममा फिदिमस्थित वुद्धमार्गमा रोकिराखेको ट्र्याक्टरमा तीनचक्के स्कुटी ठोक्एिकर दुर्घटना परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते उनको यहाँस्थित समर्पित अस्पतालमा उपचारको क्रममा गतराति मृत्यु भएको हो ।
यस्तै जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं ५ निकालेका अटलसिंह राईको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।
आफ्नै बारीमा घाँस काट्ने क्रममा कान्लाबाट लडेरका उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।