पोखरामा जिप दुर्घटना हुदा १७ बर्षिय युवाको मृत्यु

पोखरामा जिप दुर्घटना हुदा १७ बर्षिय युवाको मृत्यु
समाचार समाज

पोखरा महानगरपालिका–१३ आर्वास्थित थापाको चौतारा नजिकै जिप दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

आर्वाको उपल्लो गाउँबाट काहुँखोलातर्प आउँदै गरेको दाना बोक्ने ग२च ९८५ नंको जिप अनियन्त्रित भई अचानक पल्टिँदा १७ वर्षीय मनबहादुर सुनारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं १ दरौँ सिरुवारी घर भई पोखरा– १४ चाउथे बस्दै आएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिपमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेको र घ’टनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post Comment